ad ad

समाज


नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको एउटा बस र अर्को माइक्रोमाथि ढुंगा खस्यो

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको एउटा बस र अर्को माइक्रोमाथि ढुंगा खस्यो

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८१ आइतबार ९:३९, काठमाडौँ

नारायणगढ मुग्लिन सडक खण्डमा गुडिरहेका एउटा बस र एउटा माइक्रोबसमाथि ढुंगा खसेको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति भिरबाट खसेको ढुंगाले लाग्दा पाँचजना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। 

‘घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको छ,’ डीएसपी रिजालले नेपालखबरसँग भने, ‘तर, उहाँहरु पनि खतरामुक्त हुनुहुन्छ। दुईजना भने सामान्य मात्रै घाइते छन्।’ घाइते सबैको भरतपुरमा उपचार भइरहेको छ।

गएराति साढे आठ बजेतिर काठमाडौँबाट दसैँका यात्रु लिएर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौँबाट नारायणगढ जाँदै जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो। 

घाइते हुने सबै यात्रु बर्दिया जाँदै गरेको बसमा सवार थिए। 

ढुंगाले लाग्दा दुवै सवारी साधनमा क्षति पुगेको रिजालले जानकारी दिए। माइक्रो बसमा भने चालक मात्रै भएकाले कोही घाइते भएनन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .