ad ad

ग्लोबल


चीनको दाबी अस्वीकार गर्दै अमेरिकाले भन्यो- अरुणाचल भारतको अभिन्न अंग

चीनको दाबी अस्वीकार गर्दै अमेरिकाले भन्यो- अरुणाचल भारतको अभिन्न अंग

अमेरिकाका राष्ट्रपति जो बाइडेन


नेपालखबर
चैत ८, २०८० बिहिबार १३:५४, काठमाडौँ

चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले पत्रकारको प्रश्नमा उक्त जवाफ दिएका हुन्।

पटेलले भने, ‘संयुक्त राज्य अमेरिका अरुणाचल प्रदेशलाई भारतको हिस्साका रूपमा मान्यता दिन्छ र हामी वास्तविक नियन्त्रण रेखा (एलओएसी) को पारि आक्रामक वा घुसपैठ, सैन्य वा नागरिकमार्फत क्षेत्रमा आफ्नो दाबी बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौँ।’

अमेरिकाको यो वक्तव्य चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओगाङको हालैको दाबीपछि आएको हो, जसमा अरुणाचल प्रदेशलाई चीनको हिस्सा भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .