ग्लोबल


भारतीय लोकसभा निर्वाचन : दोस्रो चरणमा १३ राज्यका ८८ सिटमा मतदान सुरु

राहुल गान्धीविरुद्ध वामपन्थीबाट एनी राजा र भाजपाबाट के सुरेन्द्रन भिड्दै
भारतीय लोकसभा निर्वाचन : दोस्रो चरणमा १३ राज्यका ८८ सिटमा मतदान सुरु

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ७:३९, काठमाडौँ

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज (शुक्रबार) दोस्रो चरणको मतदान सुरु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार दोस्रो चरणमा १३ राज्यका ८८ लोकसभा सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो। 

दोस्रो चरणमा केरलाका सबै २० सिटमा मतदान भइरहेको छ।

यस्तै कर्नाटकका १४ सिट, राजस्थानका १३, मध्य प्रदेशका ६ र असमका ५ सिटमा पनि आज मतदान भइरहेको छ।

पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन सिटमा पनि आज मतदान हुँदै छ। साथै मणिपुर, त्रिपुरा र केन्द्र शासित प्रदेश जम्मु-कश्मिरका एक÷एक सिटमा मतदान भइरहेको छ।

कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी केरलाको वायनाड सिटबाट चुनाव लडिरहेका छन्। गान्धीविरुद्ध वामपन्थीले एनी राजालाई र भाजपाले के सुरेन्द्रनलाई उम्मेदवार बनाएका छन्।

ओम बिरला राजस्थानको कोटा सिटबाट लोकसभा चुनाव लडिरहेका छन्। कांग्रेसले ओम बिरलाविरुद्ध प्रह्लाद गुञ्जाललाई उम्मेदवार बनाएको छ।

कांग्रेस नेता शशि थरुर केरलाको तिरुवनन्तपुरम सिटबाट चुनाव लडिरहेका छन्। यस सिटमा भाजपाले केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरलाई टिकट दिएको छ।

उत्तर प्रदेशको मेरठ सिटमा दोस्रो चरणको मतदान भइरहेको छ। यस सिटबाट भाजपाले अरुण गोविललाई टिकट दिएको छ।

पप्पु यादवले बिहारको पूर्णिया सिटबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन्।

भारतीय लोकसभा चुनावका मतदान सात चरणमा भइरहेको छ।

पहिलो चरणअन्तर्गत यही अप्रिल १९ मा १०२ सिटमा मतदान भएको थियो। लोकसभा चुनावको नतिजा जुन ४ मा घोषणा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .