ad ad

ग्लोबल


भारतमा आज चौथो चरणको मतदान

भारतमा आज चौथो चरणको मतदान

रासस/एएनआई
बैशाख ३१, २०८१ सोमबार १४:४५, नयाँदिल्ली

भारतको तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्तग आज (सोमबार) चौथो चरणको मतदान भइरहेको छ।

भारतीय निर्वाचन आयोगका अनुसार संसद्‌का ९६ स्थानका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो।

साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान भइरहेको छ। 

लोकसभाका ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा मतदान भइरहेका छन्।

निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन्।

यस चरणको चुनावमा एआईएआईएमका प्रमुख असासुद्दिन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल काँग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह (ललन सिंह), टीएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी हुन्।

तेस्रो चरणको मतदानसम्म २८३ स्थानका लागि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ। भारतको लोकसभामा ५४३ सिट छन्। 

सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखमा सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदै छ। यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रोपटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .