ad ad

ग्लोबल


अफवाह फैलाएको आरोपमा चीनले गर्‍यो ३४ हजार अनलाइन बन्द, ६३ सय व्यक्तिलाई कारबाही

अफवाह फैलाएको आरोपमा चीनले गर्‍यो ३४ हजार अनलाइन बन्द, ६३ सय व्यक्तिलाई कारबाही

फाइल फाेटाे


रासस/एएफपी
पुस ६, २०८० शुक्रबार २१:३२, सांघाई

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन  खाता बन्द गरेको छ। 

चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागका रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाता बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चारमाध्यमले शुक्रबार उल्लेख गरेका छन्।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिस्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ। सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरसिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ। 

प्रहरीले प्रहरी,  महामारी, खतरा र प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्नेजस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ। 

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानुनबमोजिम कारबाही गरेको छ। साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि  सीसीटीभीले जनाएको छ।

यसैबीच सीसीटीभीले अप्रिलमा क्लिन नेट अभियान सुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका  विषयमा ५०० भन्दा बढी सामाजिक खाता बन्द गरेको बताएको छ।

प्रहरीले सन् २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्यको वर्षका रूपमा तोकेको छ र त्यहीअनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .