ad ad

कर्णाली


दैलेख १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी

दैलेख १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २३:१७, काठमाडौँ

दैलेख क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। 

उनी नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

उनले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा पूर्वमाओवादी रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्। 

०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनाव जितेका रेग्मी नेकपाभित्रको अन्तरसंघर्षका क्रममा एमालेको कित्तामा उभिएका थिए।

यद्यपि माओवादीले उनको सांसद पद खोसिदिए पनि उनी एमालेमै बसेका थिए। उनी पुनः सोही क्षेत्रमा फरक दलबाट चुनावी मैदानमा उत्रिएका थिए। 

विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन्। 

३५ हजार ४९९ मतदाता संख्या रहेको यो क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .