प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी मतपरिणाम आउने क्रम जारी छ।
अहिलेसम्म दलहरुले प्राप्त गरेको मत, जितेका उम्मेदवारलाई आधार मान्दा संसदमा एमाले र कांग्रेसमध्ये कुन दल पहिलो हुन्छ भन्न गाह्रा छ।
अहिलेसम्म ६ क्षेत्र जितेको कांग्रेसले ४७ क्षेत्रमा अग्रता लिएको छ। यस्तै समानुपातिकतर्फ कांग्रेस दोस्रोमा छ । उसले १ लाख २५ हजार मत पाएको छ।
नेकपा एमालेले अहिलेसम्म ५ क्षेत्रमा जित निकालेको छ। यस्तै ४२ क्षेत्रमा अग्रता छ।
केही क्षेत्रहरुमा एमालेका उम्मेदवार झिनो मतान्तरले पछि परेका छन्। समानुपातिकतर्फ एमाले पहिलो छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले १ लाख ३५ हजार मत ल्याएको छ।
मतगणना जारी छ।
खुम्चियो माओवादी, स्वतन्त्रको कडा टक्कर
२०६४ मा सानदार संसदमा पहिलो पार्टी भएर पुगेको माओवादीको संसदीय यात्रा गरेको १५ वर्षमा निकै कमजोर अवस्था देखिएको छ।
कांग्रेससहितको चार दलसँग गठबन्धन गरेर ४४ क्षेत्रमा उम्मेदवार दिएको माओवादी केन्द्रले यो समाचार तयार पार्दासम्म १८ क्षेत्रमा अग्रता लिएको छ । केही क्षेत्रको अग्रता प्रारम्भिक भएकोले नतिजालाई फेरबदल पार्ने संभावना कम छ। त्यसो हुँदा माओवादी निकै कम सिटमा खुम्चने देखिन्छ।
२०७४ मा माओवादले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३६ क्षेत्र जितेको थियो । यस्तै समानुपातिकतर्फ झण्डै १४ लाख मत पाएको थियो।
तर, पछिल्लो सार्वजनिक समानुपातिकतर्फको मतपरिणाममा माओवादी राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा दुई हजार मतले पछि छ।
माओवादीको ६२ हजार मत समानपातितर्फ पाएको छ।
तर, नयाँ पार्टी बनेको ६ महिना पनि नपुग्दै रास्वपले प्रतिनिधि सभाको ९ क्षेत्रमा अग्रता लिएको छ।
यस्तै समानुपातिकतर्फ ६४ हजार मत ल्याइसकेको छ। सो पार्टीले प्रत्यक्षतर्फ १३१ क्षेत्रमा उम्मेदवारी दिएको थियो।
पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ। पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार सो पार्टीले कैलालीका २ क्षेत्र जितेको छ । यस्तै २ क्षेत्रमा अग्रता लिएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले तराईमा १ सिट जितिसकेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमतका राउत विजयीको नजिक छन्।
उनको पार्टीले अहिलेसम्म ३ क्षेत्रमा अग्रता लिएको छ । ०६२/०६३ को मधेस आन्दोलनबाट जन्मिएका दुई ठूला मधेसी दल जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाको अहिलेसम्म कमजोर अवस्थामा देखिएका छन्।
Shares
प्रतिक्रिया