ad ad

कर्णाली


धामीले फैलाए भूकम्पको हल्ला, नागरिक रातभर घरबाहिरै (तस्बिर)

धामीले फैलाए भूकम्पको हल्ला, नागरिक रातभर घरबाहिरै (तस्बिर)

दिनेश बुढा
माघ १६, २०७९ सोमबार ७:२८, सुर्खेत

कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकहरू ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि रातभर जाग्राम बसेका छन्। हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि नागरिकहरू रातभर सडकमै आगो बालेर बसेका हुन्।

हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुमा भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्। 

हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ।

पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ। अघिल्लो साता बाजुरामा गएको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका थिए भने ४ सय घरमा क्षति पुगेको थियो।

गत मंगलबार दिउँसो बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .