कर्णाली


मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, एमालेको पनि साथ

मुख्यमन्त्री शर्माले पाए विश्वासको मत, एमालेको पनि साथ

दिनेश बुढा
चैत १७, २०७९ शुक्रबार १७:३६, सुर्खेत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो।

उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो। 

मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रापाकी सन्तोषी शाहीले मत दिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .