पश्चिम दैलेखको आठबिसमा आगलागीमा परी गम्भीर घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ।
जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर घाइतेलाई उपचारको लागि नेपालगञ्ज लगिएको हो।
उनीहरुमध्ये चार जनाकाे भेरी अस्पताल र चार जनाकाे नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेकाे छ।
सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।
आज दिउँसो आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठूलामेला सामुदायिक वनमा लागेको आगोमा परी १२ जना घाइते भएका थिए। जसमध्ये भैरे विश्वकर्मा, नविन विक, प्रकाश विक, नैना विक गम्भीर घाइते भएका थिए।
उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमा बाँके लगिएको आठबिस नगरपालिका दैलेखका प्रमुख प्रकाशकीय अधिकृत दिलबहादुर शाहीले जानकारी दिए।
उनीहरु आज दिउँसो वडा नम्बर ६ को भामे ठूलामेला सामुदायिक वनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माणको काम गरिरहेका थिए।
नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार गर्मी बढेपछि वनभित्रको सानो ओडार जस्तो ठाउँमा आराम गरिरहेका थिए। त्यही क्रममा तलबाट आएको आगोले उनीहरुलाई भेट्टाएको थियो।
स्थानीय बलबहादुर थापाका अनुसार बसिरहेको स्थान अलि अफ्ठेरो स्थान थियो। उनीहरु भाग्दा भाग्दै आगोले समातेको थियो।
Shares
प्रतिक्रिया