कर्णाली


आगो बालेर सुत्दा घरमा आगलागी, दाजुबहिनीकै मृत्यु

आगो बालेर सुत्दा घरमा आगलागी, दाजुबहिनीकै मृत्यु

नेपालखबर
माघ २३, २०८० मंगलबार ६:४५, मुगु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालका १४ वर्षीय छोरा विशाल १२ वर्षीया छोरी झरनाको जलेर  मृत्यु भएको छ। 

सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनका छोराछोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीयको सहयोग आगो निभाएको थियो।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले सोमबार जनाएको छ।

घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा  विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .