ad ad

कर्णाली


जब विपक्षी सांसदले रोस्ट्रममा जान लागेका अर्थमन्त्रीलाई ताने...

जब विपक्षी सांसदले रोस्ट्रममा जान लागेका अर्थमन्त्रीलाई ताने...

नेपालखबर
असार १६, २०८१ आइतबार २१:४७, सुर्खेत

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीमाथि नेपाली कांग्रेसका सांसदहरूले अमर्यादित व्यवहार गरेका छन्।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सोह्रौं बैठकमा कांग्रेस सांसदहरूले मन्त्री केसीलाई रोस्ट्रममा जानबाट रोक्ने  प्रयास गरेका हुन्।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन रोस्टमतर्फ प्रवेश गर्न लागेका मन्त्री केसीलाई कांग्रेस सांसदले तानेका हुन्।

केहीबेर मन्त्री केसी र कांग्रेस सांसदबीच तानातान भएको थियो। कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्षका सांसदसँगसमेत धकेलाधकेल भएको थियो।

केहीबेर चलेको घम्साघम्सीपछि रोस्टममा पुगेका मन्त्री केसीले बजेटमाथि उठेका प्रश्नको जवाफ यसअघि नै दिइसकेको बताएर बिदा भएका थिए।

मन्त्री केसीको जवाफ लगत्तै सभामुख नन्दा गुरुङले सभा अन्त्य भएको घोषणा गरिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .