कोशी


पाँचथरमा आगलागी हुँदा नन्द–भाउजूको मृत्यु

पाँचथरमा आगलागी हुँदा नन्द–भाउजूको मृत्यु

घटनास्थल। तस्बिर : पाँचथर प्रहरी


ध्रुव भट्टराई
पुस २०, २०७९ बुधबार ९:१, विराटनगर

पाँचथर फिदिममा भएको आगलागीमा जलेर नन्द-भाउजूको मृत्यु भएको छ। 

गएराति  फिदिम नगरपालीका ८ घमाउनेटारका मेखबहादुर गुरुङको घरमा भएको आगलागीमा परी उनका छोरी २२ वर्षीया ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले राति १ बजेतिर अचनाक भएको आगलागीमा परी  मेखबहादुर गुरुङ रविजेन्द्र गरुङ घाइते भएका छन्।

ढुङ्गा माटो, काठले बनेको टिनको छानो भएको तीनतले घरमा भएको आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .