कोशी


कोशी प्रदेशकी पूर्वसांसद खातुनले गरिन् आत्मसमर्पण, फैसलाबमोजिम जेल चलान

कोशी प्रदेशकी पूर्वसांसद खातुनले गरिन् आत्मसमर्पण, फैसलाबमोजिम जेल चलान

फाइल तस्बिर : कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन


ध्रुव भट्टराई
बैशाख १६, २०८० शनिबार ९:५१, विराटनगर

सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गरेकी छन्। 

६ वर्षदेखि फरार पूर्व प्रदेश सांसद खातुनले शुक्रबार अपराह्न जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी हुन्। लगत्तै उनलाई कारागार चलान गरिएको छ।

प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। साथै उनका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिवानाको फैसला सुनाइएको थियो। 

उक्त मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो। 

खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद भएकी थिइन्। 

मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको मुद्दा उनीहरुलाई लागेको थियो। 

जिल्ला अदालतको फैसलाविरुद्ध २०७४ भदौमा उच्च अदालत विराटनगरमा पुनरावेदन गरिएको थियो। तर उच्च अदालतले २०७४ पुस ९ गते तत्कालीन प्रदेश सांसद खातुनका श्रीमान्‌लाई मात्रै सफाइ दियो भने खातुनिवरुद्ध १ वर्ष नै कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनायो। दुई कर्मचारीविरुद्ध भने जिल्ला अदालतकै फैसला सदर गर्‍यो। साेबमाेजिम उनीहरु हाल जेल सजाय काटिरहेका छन्। 

खातुन भने फरार थिइन्। उनी उच्चको फैसलाविरुद्ध पनि सर्वोच्च गएकी थिइन् तर सर्वोच्चबाट निस्सा नपाएपछि उनको सांसद पद खारेज भएको थियो। 

साविक कदमाह गाविस–२ (हाल कटहरी-९)  मा मधुसूदनराज पाण्डेको ३ बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो। 

खातुनले ३ बिगाह १० कट्ठा मोही जग्गा पाउन २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन्।

एउटै दर्ता नम्बरका दुईवटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .