ad ad

कोशी


कोसी प्रदेश योजना आयोगको सदस्यमा कोइराला र गच्छदार नियुक्त

कोसी प्रदेश योजना आयोगको सदस्यमा कोइराला र गच्छदार नियुक्त

नेपालखबर
असोज १०, २०८१ बिहिबार २१:१०, काठमाडौँ

कोसी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ।

बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का नारायण कोइराला र विराटनगर महानगरपालिका– ४ की प्रमिलाकुमारी गच्छदारलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

आयोगका सदस्यहरू भवानी बराल र नमिना न्यौपानेले राजीनामा दिएका थिए। उनीहरूको राजीनामा स्वीकृत गर्दै कोइराला र गच्छदारलाई नियुक्त गरिएको हो।

नियुक्त भएका दुईजना नै नेपाली कांग्रेसको कोटाबाट आयोग सदस्य नियुक्त भएका हुन् भने राजीनामा दिएका बराल र न्यौपाने माओवादी कोटामा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .