जीवनशैली


भिटामिन डीले घटाउँछ बिर्सिने रोगको जोखिम

भिटामिन डीले घटाउँछ बिर्सिने रोगको जोखिम

नेपालखबर
असार २५, २०७९ शनिबार १४:१३, काठमाडौँ

मानिसको स्वास्थ्यको हिसाबमा भिटामिन निकै निकै महत्वपूर्ण तत्व हो। यसले मानिसको रोग प्रतिरक्षा क्षमता बढउने भएकाले महामारीको समयमा चिकित्सकहरुले पनि भिटामिन डी प्राप्त हुने खानेकुरा खान सुझाव दिने गरेका थिए।

प्रयोगशालामा गरिएको अध्ययनले भिटामिन डीले क्यान्सरको कोषको वृद्धि घटाउन, संक्रमण नियन्त्रणलगायतका कार्यमा पनि सहयोगी भूमिका निर्वाह गर्ने गरेको देखाएको छ। 

हालै गरिएको एक अध्ययनले भिटामिन डीले मानिसको मस्तिष्क स्वस्थलाई पनि बचाउने र डिमेन्सिया (बिर्सिने रोग) लगायतका मस्तिष्क रोग लाग्नबाट पनि बचाउन सक्ने देखाएको छ।  

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाकी प्राध्यापक एलिना हिप्पोनेनको नेतृत्वको टोलीले गरेको अध्ययनअनुसार भिटामिनले मानव मस्तिष्कको कोषलाई सक्रिय राखिराख्न सहयोग गर्छ। तीन लाख मानिसमा गरिएको अध्ययनले डिमेन्सियालगायतका रोगबाट बच्न भिटामिन डी निकै महत्वपूर्ण हुने पाइएको हो।

भिटामिन डीले सबैभन्दा पहिला मस्तिष्कमा सूचना सञ्चार गर्ने नसाको वृद्धि र विकासको लागि सहयोग गर्छ। त्यसका साथै यसले मस्तिष्कमा रगत जम्नबाट बचाउने र रक्तसञ्चारलाई असर गर्ने प्रणालीको नियमन गर्ने काम पनि गर्छ। जसले हृदयाघातको जोखिम पनि घटाउँछ। 

भिटामिन डीले मानव मस्तिष्कको न्युरोभास्कुलर नोक्सानी घटाउँछ र एमिलोइड प्रोटिन पनि घटाउन सहायक हुन्छ। जसले अल्जाइमर्सबाट पनि बचाउन सक्छ। 

भिटामिन डी पाउने विभिन्न स्रोत भए पनि सबैभन्दा राम्रो र सहज स्रोत भनेको सूर्यको किरण नै रहेको चिकित्सकहरु बताउँछन्।

नियमित रुपमा सूर्यको किरण पाउने मानिसमा भिटामिन डीको कमी हुँदैन।

साथै सूर्यको किरणबाट पाउने भिटामिन डी ‘ओभरडोज’ नहुने तर यस्तो अभ्यासले सूर्यको किरणबाट मानिसको छालामा असर गर्ने हुनाले नियमितरुपमा उचित समय मात्र सूर्यको किरण आउने स्थानमा बस्नाले फाइदा पुग्ने चिकित्सकको सुझाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .