ad ad

जीवनशैली


अफिसियल महिलाले गर्मीमा कस्तो मेकअप गर्ने?

अफिसियल महिलाले गर्मीमा कस्तो मेकअप गर्ने?

वन्दना राउत
असार ११, २०८१ मंगलबार ८:५, काठमाडौँ

गर्मी मौसममा तातो हावा चल्छ। हुरी–बतास चल्छ। धुलो उड्छ। पसिना आउँछ र बाहिरी वातावरणको प्रदूषण हाम्रो छालामा टाँसिन्छ। त्यसैले गर्मी मौसममा छालाको विशेष सुरक्षा र हेरचाह गर्नुपर्छ।  छालाको सुरक्षा उपयुक्त प्रसाधन र मेकअपले गर्ने हो। तसर्थ यो मौसममा मेकअपप्रति सजग हुनुपर्छ।

गर्मीको मेकअपमा टोनर, सिरम र कन्सिलर अनिवार्य प्रयोग गर्नुपर्छ। जसलाई सौन्दर्य प्रसाधन लगाउनुअघि प्रयोग गरिन्छ र यी सामग्रीले छालालाई कसिलो बनाउन र चमक ल्याउन सहयोग गर्छन्। 

त्यसपछि गुणस्तरीय ब्रान्डको मोइस्चराइजर लगाउनुपर्छ अनि मात्रै बिबी वा सिसी क्रिम प्रयोग गरी मिनरल वा कम्प्याक्ट पाउडरले फिनिसिङ टच दिनुपर्छ। गर्मी महिनामा पसिना धेरै बग्ने हुँदा म्याटर कम्प्याक्ट मेकअप नै उपयुक्त हुन्छ।

अफिस जानेहरूका लागि त यो मौसम झनै चुनौतीपूर्ण छ। तसर्थ गर्मीको मेकअपमा सतर्क हुनुपर्छ। गर्मीमा प्रोफेसनलहरूलाई लाइट तथा म्याट मेकअप उपयुक्त हुन्छ 

अफिस निस्कनु आधा घण्टाअघि सफा पानीले मुख धोएर अनुहार टोनिङ गरी आफ्नो छाला सुहाउँदो मोइस्चराइजर लगाउनुपर्छ। यो मौसममा सनब्लक छुटाउनै नहुने प्रसाधन हो। सनस्क्रिन लगाएपछि राम्रो ब्रान्डको डे क्रिम वा बिबी क्रिम लगाउन सकिन्छ। उमेर र छालाको प्रकृतिअनुसार उपयुक्त हुने सौन्दर्य प्रसाधन छान्नुपर्छ। जति उमेर बढ्दै गयो उति बढी एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ।

अफिसियल मेकअपमा डार्क लिपिस्टिकको सट्टा स्किन कलर लिपग्लस प्रयोग गर्दा सुरूप देखिन्छ। नियमित प्रयोग गर्ने गाजलबाहेक आई मेकअप नगर्दा पनि हुन्छ। साथै हेभी ज्वेलरीको प्रयोग गर्मीमा सान्दर्भिक देखिँदैन।

(राउत मेकअप एक्सपर्ट एन्ड नेल टेक्निसियन हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .