कवि राजाराम बर्तौलाको पहिलो कविताकृति ‘भ्रमित सत्य’ एक समारोहका बीच लोकार्पण भएको छ।
काठमाडौंको बागबजारमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराई र प्रा.डा. सुरेन्द्र केसीले कृति सार्वजनिक गरेका हुन्।
डा. भट्टराईले कृति विमोचन गर्दै यसभित्र दार्शनिक कविताहरू रहेको चर्चा गरे। उक्त कृतिले समाजका अतिरिक्त दर्शन, आध्यात्मिक र समय बोलेको भट्टराईले बताए।
उता प्रा.डा. केसीले कविता समाजको अभिव्यक्ति भएको उल्लेख गर्दै बर्तौलाका कविताहरू पठनीय रहेका बताएका छन्।
501
Shares
प्रतिक्रिया