लुम्बिनी


धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा सुरु भयाे साउने मेला

धार्मिक एवं पर्यटकीयस्थल  रेसुङ्गामा सुरु भयाे साउने मेला

नेपालखबर
साउन २, २०७९ सोमबार १३:४०, गुल्मी

गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला सुरु भएको छ।

साउन महिनाभर रेसुङ्गामा विशेष पूजा पाठ एवं धार्मिक क्रियाकलाप हुन्छन्। 

त्यसैका लागि गुल्मीका विभिन्न ठाउँ र जिल्ला बाहिरबाट समेत भक्तजन रेसुङ्गा आउने गर्दछन्।

श्रद्धालुहरु पोखरीमा नुहाउन तथा पूजा गर्न साउन महिनाभर रेसुङ्गा पुग्ने गर्दछन्।

रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने धार्मिक विश्वास छ।

रेसुङ्गामा पूजा गर्न तथा नुहाउनका लागि अर्घाखाँची, पाल्पा, बुटवल, बागलुङलगायतका जिल्ला एवं भारतबाट समेत भक्तजन रेसुङ्गा आउने गरेको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले जानकारी दिए।

त्यस्तै रेसुङ्गामा यही साउन १ गते, औँसी र एकादशीका दिन विशेष पूजा हुने भुसालले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .