बुटवलमा चोरी गर्ने क्रममा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
गएराति साढे १२ बजेतिर बुटवल उपमहानगरपालिका ४ संगमपथस्थित एक घरमा चोरी गर्ने क्रममा उनी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पाल्पा तिनाउ गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय खगेन्द्र गाहामगर रहेका छन्।
रातिको समयमा घरमा प्रवेश गरी खुकुरी र चक्कु देखाई चोरी गर्न लागेको अवस्थामा तत्काल प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
42
Shares
प्रतिक्रिया