लुम्बिनी


दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १६:६, काठमाडौँ

भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।

‘शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ’, उनले भने, ‘सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ।’ 

मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी भण्डारीले बताए। उनका अनुसार प्रत्येक मतदान केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ। सोही अनुसार दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरी तीन हजार सात सय २० जना कर्मचारी खटाइएको हो।

अहिले जिल्लाका सबै स्थानमा  खटिएका कर्मचारीले बुथ निर्माण गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ। 

साथै मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आवश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरी तयारी गरिएको छ। 

जिल्लाका मतदानस्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको छ। साथै आवश्यक परेको खण्डमा थप नेपाली सेनासमेत परिचालन गर्ने तयारी गरिएको छ। हाल ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

दाङमा तीनवटा निर्वाचन क्षेत्रमा एक सय ५३ वटा मतदानस्थल छन्। जिल्लामा प्रतिनिधिसभाका लागि ३३ जना उम्मेदवार छन् भने प्रदेशसभाका लागि ४३ उम्मेदवार छन्।  यसपटक जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .