लुम्बिनी


लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न उच्च अदालतको आदेश

लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न उच्च अदालतको आदेश

नेपालखबर
बैशाख ११, २०८० सोमबार १९:५४, बुटवल

लुम्बिनी वाणिज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मिति तोक्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले तोके अनुसार चैत ५ गते हुनुपर्ने स्ववियु चुनाव लुम्बिनी बाणिज्य क्याम्पसमा स्थगित भएको थियो।

गत फागुन २९ गते एक सूचना प्रकाशित गरी निर्वाचन स्थगत गरेपछि क्याम्पस विरुद्ध सिर्जना नेपाल लगायतले रिट निवेदन दायर गरेका थिए।

उक्त रिटको आज भएको सुनुवाइपछि उच्च अदालत तुलसीपुर बुटवल इजलाशबाट अन्तरिम आदेश जारी भएको हो।

निर्वाचन मिति तोक्नु पर्ने पक्षमा अधिवक्ताद्वय मेघनाथ खनाल र यमलाल खनालले बहस गरेका थिए। विपक्षीको तर्फबाट अधिवक्ताद्वय कृष्णप्रसाद पाण्डे र रामप्रसाद भुसालले बहस गरेका थिए।

उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र सरलाकुमारी पाण्डेको इजलासले निर्वाचनको अर्को मिति तोकि स्ववीयू निर्वाचन सम्बन्धी बाँकी काम अघि बढाउन आदेश दिएको हो।

आदेशमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०७९ को दफा १२ (८) अनुसार निर्वाचन स्थगित हुँदा ३० दिन भित्रको मिति तोकि निर्वाचन गर्नुपर्ने व्यवस्था रहेकोमा लुम्बिनी वाणिज्य क्याम्पस र निर्वाचन अधिकृतले संयुक्त रुपमा मिति नतोकि स्थगन गरेको देखिएको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .