लुम्बिनी


नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

फाइल तस्बिर


नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:९, रुपन्देही

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ। रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहियासहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्। 

भारतको उत्तर प्रदेश महरागन्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो। 

महरागन्ज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलबार साँझ ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो। चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए। 

सीमा बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुला गर्न सकिने जनाइएको छ। पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने उक्त विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .