लुम्बिनी


लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

नेपालखबर
बैशाख १९, २०८० मंगलबार २१:२७, काठमाडौँ

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। 

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले आज विज्ञप्ति प्रकाशित प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी गराएका छन्। 

यसअघि लुम्बिनी प्रदेशसभाको आज (मंगलबार) दिउसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .