अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ५ जना घाइते भएका छन्।
भूमिकास्थान नगरपालिका २ तिरतिरे खोला किनारको जंगलमा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएको थियो। उक्त आगो निभाउने क्रममा पदम र उनका छिमेकी जलेर गम्भीर घाइते भएका हुन्।
आगोलागीमा परि भूमिकास्थान २ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षय पिताम्बर वेल्वासे र २६ वर्षीय अस्मिता वेल्वासे घाइते भएका हुन्।
घाइते ५ जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए। आगोले पदम वेल्वासेको घर पनि जलेर नष्ट भएको छ।
48
Shares
प्रतिक्रिया