लुम्बिनी


घाँस काट्ने क्रममा भीरबाट लड्दा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लड्दा महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार १९:०, गुल्मी

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो। 

नेपाली आफ्ना छोरीहरूसँग स्थानीय  ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। 

मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .