ad ad

लुम्बिनी


लुम्बिनीमा थापा र केसी मन्त्री थपिए, आइतबार शपथको तयारी

लुम्बिनीमा थापा र केसी मन्त्री थपिए, आइतबार शपथको तयारी

नेपालखबर
पुस ७, २०८० शनिबार २१:४९, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी (नमुना) र नेपाली कांग्रेसका तर्फबाट सरोज थापा मन्त्री बनेका हुन्। 

केसी बाँकेबाट र थापा प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ आइतबारका लागि तय भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ। 

थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट चिनिन्छन्। 

उनीहरूलाई यसअघि मुख्यमन्त्रीले सम्हाल्दै आएकामध्येको दुई मन्त्रालय दिइने भएको हो। 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .