ad ad

मधेस


मधेश प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. झाले दिए राजीनामा

मधेश प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. झाले दिए राजीनामा

नेपालखबर
माघ १७, २०७९ मंगलबार १८:५४, जनकपुरधाम

मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। 

प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन्।

झाले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा आफूले राजीनामा दिएको बताएका छन्। 

प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ। 

डा. झा २०७६ भदौ २२ गते मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। 

यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर डा. भोगेन्द्र झालाई ल्याइएको थियो। 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश प्राप्त डा. झा चर्चित अर्थशास्त्रीको रूपमा चिनिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .