पर्साको ठोरीमा शुक्रबार भालुको आक्रमणबाट दम्पति घाइते भएका छन्। घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ र उनकी श्रीमती सुकमाया तामाङ छन्।
जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान् बिबिलालसमेत घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए।
भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ। घाइते दुवैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ।
39
Shares
प्रतिक्रिया