ad ad

मधेस


महोत्तरीमा आगलागी हुँदा ८ घर खरानी, लाखौँको क्षति

महोत्तरीमा आगलागी हुँदा ८ घर खरानी, लाखौँको क्षति

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार ६:४२, सर्लाही

महोत्तरीको मटिहानीमा आगलागी हुँदा ८ वटा घर जलेर नष्ट भएका छन्।

मटिहानी नगरपालिका ६ मा आइतबार साँझ आगलागी हुँदा स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय (महोत्तरी) ले जनाएको छ। 

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

समयमै वारुण यन्त्र नजाँदा आगलागी नियन्त्रणमा लिन नसकिएको पीडितहरूले गुनासो गरेका छन्। मठिहानी नगरपालिकासँग वारुण यन्त्र छैन। 

पछि जलेश्वर नगरपालिकाको वारुण यन्त्र पुगेर आगो निभाएको थियो। जलेश्वरबाट वारुण यन्त्र पुग्दा आठवटै घर खरानी भइसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .