मधेस


धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा दाजुभाइको मृत्यु

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा दाजुभाइको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार ७:४८, धनुषा

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अंसारीका जुम्ल्याहा छोरा ९ वर्षीय मोहमद अल्कामा र मोहमद अब्दुलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ स्थानीय गोगल प्रसाद नमुना माविनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको हो।

बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएको थियो।

तर उपचारका क्रममा राति ८ बजे दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

हाल दुवै शव अस्पतालमै छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .