ad ad

मधेस


वैदेशिक रोजगारीको नाममा ठगी गरेको दुई लाख फिर्ता

वैदेशिक रोजगारीको नाममा ठगी गरेको दुई लाख फिर्ता

नेपालखबर
असार १२, २०८० मंगलबार १३:१०, सर्लाही

जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीको नाममा ठगिएका एक व्यक्तिको २ लाख रुपैयाँ फिर्ता गराएको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ का सूर्यकुमार साहको ठगी भएको रकम सम्बन्धित व्यक्तिबाट फिर्ता गराइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

सीडीओ यादवका अनुसार सूर्यकुमारलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर दुई वर्षअघि सर्लाहीकै ईश्वरपुर नगरपालिका ३ का वीरेन्द्र साहले दुई लाख रुपैयाँ लिएका थिए।

रकम लिएपछि साह सूर्यकुमारलाई वैदेशिक रोजगारीमा नपठाइ बेपत्ता भएका थिए।

‘पीडित परिवारले आफूहरु ठगीमा परेको भनेर दुई महिनाअघि मात्रै हामीलाई उजुरी गर्नु भएको थियो,’ सीडीओ यादवले नेपालखबरसँग भने, ‘उजुरी परेपछि हामीले वीरेन्द्रलाई पक्राउ गरेर हिरासतमा राखेका थियौँ। उनले सोमबार पीडित परिवारलाई रकम फिर्ता गरेका हुन्।’

जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सूर्यकुमारकी आमा रामरखिदेवीलाई सीडीओ यादवले रकम हस्तान्तरण गरेका हुन्।

वीरेन्द्रले वैदेशिक रोजगारीमा नपठाएपछि एक वर्षअघि नै सूर्यकुमार अर्कै व्यक्तिमार्फत वैदेशिक रोजगारीमा गइसकेका छन्।

ठगी गरेको रकम फिर्ता गरेपछि प्रहरीले वीरेन्द्रलाई रिहा गरेको छ।

‘पीडित पक्षले मिलापत्र गर्न चाहेपछि हामीले वीरेन्द्रलाई हिरासतमुक्त गरेका हौँ,’ सीडीओ यादवले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .