महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन्।
काठमाडौँमा बस्ने उनी कामको सिलसिलामा जनकपुर पुगेपछि सम्पर्कविहीन भएको भन्दै उनको खोजीका लागि परिवारले स्थानीय प्रशासनसमक्ष हारगुहार गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए।
सोही दिन दिउँसो ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताएकी छन्।
प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ। रासस
96
Shares
प्रतिक्रिया