ad ad

मधेस


कमला नदीमा पुलको माग राख्दै अनसनरत युवाको स्वास्थ्यमा समस्या

सरकारले चासो नदेखाएको गुनासो
कमला नदीमा पुलको माग राख्दै अनसनरत युवाको स्वास्थ्यमा समस्या

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १५:४९, काठमाडौँ

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको आज तेस्रो दिन पनि सरकारले चासो नदेखाएको अनसनरत युवाहरुले गुनासो गरेका छन्।

अनसनको तेस्रो दिन बिहीवार पनि सरकारले चासो नदेखाएको उनीहरुले बताएका हुन्। युवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको चिकित्सकले बताएका छन्।

अनसनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिनकुमार यादवले अनसनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताए। उनकाअनुसार खाना नखाएकाले उनीहरुका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ।

यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनसनलाई ‘स्टन्ट’को संज्ञा दिएकोप्रति दुःख व्यक्त गरेका छन्।

उनले अनसन बसेको पहिलो दिन भौतिकमन्त्री सरोज यादव भेट्न आएपनि माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .