ad ad

मधेस


कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै १० युवकले सुरु गरे आमरण अनसन

कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै १० युवकले सुरु गरे आमरण अनसन

नेपालखबर
भदौ ४, २०८१ मंगलबार २०:२५, काठमाडौँ

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरूले सामूहिक आमरण अनसन सुरु गरेका छन्।

नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाइमा आन्दोलित स्थानीय जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेका हुन्।

गतसाता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन ७ दिने अल्टिमेटमसहित उनीहरूले ज्ञापन पत्र बुझाएका थिए। तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि आमरण अनसनमा बसेको संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए।

यादवसँगै १० जना युवक आमरण अनसनमा बसेका हुन्। सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजति यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनसनमा बसेका हुन्।

संयोजक यादवले भने, ‘मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसँग पहल गर्न भनेका थियौँ, तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भीरता देखाएको छैन।’

यता मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैं गम्भीर रहेको समयमा अनसनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए।

प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि पहल द्रुत गतिमा गइरहँदा समेत सिधै आएर आमरण अनसनमा बस्नु स्टन्ट भएको आरोप लगाए।

मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको बताए।

उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँ त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडि बढाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .