छापा खबर


प्रधानमन्त्री ओली विशेष कदम चाल्ने तयारीमा

प्रधानमन्त्री ओली विशेष कदम चाल्ने तयारीमा

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १:४९,

कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौँमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओली विशेष कदम चाल्ने तयारीमा जुटेका छन्।

आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच प्रधानमन्त्रीले बनाउन थालेको उनी निकट नेताहरुले बताउन थालेका छन्। यो खबर आजको साँघु साप्ताहिकले छापेको छ।

राजनीतिक क्षेत्रमा उत्पन्न भएको चुनौतीको सामना गर्दै प्रधानमन्त्री ओली अगाडि बढ्नका लागि तीनवटा विकल्प भएको उल्लेख गरिएको छ।

पहिलो विकल्प संसदमा ३२ स्थानमा भएको जनता समाजवादी पार्टीसँग सहकार्य बनिराखेको अवस्थालाई झन् मजबुत पार्दै प्रधानमन्त्री ओली जनता समाजवादीकै समर्थनबाट संसदमा स्पष्ट बहुमतको स्थिति देखाएर अगाडि बढ्ने प्रमुख राजनीतिक विकल्प रहेको बताइन्छ।

समाजवादीसँग मिल्न नसके प्रधानमन्त्री ओलीले अर्को विकल्पको रुपमा अविश्वासको प्रस्तावको सामना गर्ने योजना बनाएका छन्। प्रधानमन्त्रीले अन्तिम विकल्पको रुपमा संसदबाट विश्वासको मत लिने निर्णय गर्न सक्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .