विश्वलाई कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेका बेला वैज्ञानिकले हावाबाट पनि कोरोना भाइरस सर्ने १० वटा प्रमाण भेटेका छन्।
गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन प्रतिवेदनमा यी प्रमाणहरुबारे उल्लेख गरिएको खबर आजको नागरिक दैनिकले छापेको छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाका विभिन्न संस्थामा कार्यरत ५ वैज्ञानिकले संयुक्तरुपमा उक्त अध्ययन गरेका हुन्।
वैज्ञानिकले कोभिड –१९ व्यापक प्रसारमा निश्चित कार्यक्रम तथा जमघट (सुपरस्प्रेडिङ इभेन्ट्स) धेरै हिसाबले जिम्मेवार रहेकाले यो हावाको माध्यमबाट सरेको देखिएको तथ्य सार्वजनिक गरेका छन्।
प्रतिक्रिया