छापा खबर


कोरोना महामारी : वीरगञ्जमा देखियो दिल्लीको जस्तै दृश्य

कोरोना महामारी : वीरगञ्जमा देखियो दिल्लीको जस्तै दृश्य

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १:५,

कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ। ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने?’ उनीहरुले गुनासो गरे।

सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा.नीरज सिंहले बताए। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा उनले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेखेका पनि छन् ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो । एउटै बेडमा २–३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ।’

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलेन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ । ‘त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु पर्यो,’ डा.सिंहले भने।

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा वेड छुट्याएकोमा सबै फूल भएको अस्पतालले जनाएको छ । अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .