छापा खबर


अक्सिजन चाहिने बिरामीले अस्पतालमा भर्ना पाउनै छाडे

अक्सिजन चाहिने बिरामीले अस्पतालमा भर्ना पाउनै छाडे

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १:५४,

कोरोना संक्रमण तीव्र भएसँगै गम्भीर बिरामीको संख्या बढेको छ। गम्भीर लक्षण लिएर आइपुगेका बिरामीले समयमै भर्ना पाउन नसकेको अस्पतालले जनाएका छन्।

यसरी पर्खाइमा हुने बिरामी सबैजसो अक्सिजन चाहिने अवस्थाका छन्। सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका अनुसार प्रत्येक दिन ४० जना बिरामी भर्नाको पर्खाइमा छन्। तीमध्ये कोही अस्पतालको आकस्मिक कक्षमा पर्खाइमा छन् भने कोही होम आइसोलेसन र अन्य अस्पतालको आकस्मिक कक्षमा। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

आइतबार ज्वरो आएपछि पाटन अस्पताल पुगेकी भैंसेपाटीकी ३४ वर्षीया सीता बुढाथोकीले सोमबार साँझसम्म अस्पतालमा भर्ना पाउन सकिनन्। अस्पतालको आकस्मिक कक्षमै रहेकी उनको अक्सिजन घटेर ७८ पुगेको थियो। अन्यत्र अस्पतालमा बेड खोज्दै भौंतारिइन्। बेड पाउन नसकेपछि उनको आफन्तले बाहिरबाट अक्सिजन किनेर जोहो गरे।

पाटन अस्पतालमा अक्सिजन चाहिने अवस्थाका १३ जना बिरामी पर्खाइमा रहेको अस्पतालका कोभिड १९ उपचार संयोजक डा.विमल पाण्डेले बताए। सोमबार साँझसम्म तीनजना अक्सिजन चाहिने बिरामी पर्खाइमा रहेको वीर अस्पतालका डा.अच्युत कार्कीले बताए।

अस्पतालका थप भएका बेड पनि भरिएपछि दैनिक दर्जनौं बिरामी पर्खाइमा रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकाका अस्पतालमा रहेका ७ सय ८१ वटा कोभिड बेड बिरामीले भरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .