छापा खबर


नेता र सांसद गुहार्दा पनि बिरामीले अस्पतालमा शय्या पाउन छाडे, कोरोनाले स्वास्थ्य प्रणाली नै तहसनहस

नेता र सांसद गुहार्दा पनि बिरामीले अस्पतालमा शय्या पाउन छाडे, कोरोनाले स्वास्थ्य प्रणाली नै तहसनहस

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १:२४,

देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ।

अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ। यो खबर आजको राजधानी दैनिकले छापेको छ।

अस्पतालमा आईसीयू र भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन्।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ । भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुप¥यो।’

सबैभन्दा धेरै बाग्मती प्रदेशमा आईसीयूमा १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् । प्रदेश एकमा ४० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा नौ जना आईसीयू र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत छन्।

लुम्बिनी प्रदेशमा ८४ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आईसीयू र सात जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र सात जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .