छापा खबर


रेम्डेसिभिरमा कालोबजारीः ५ हजार २ सय पर्ने एक भाइलको ४० हजारसम्म असुली

रेम्डेसिभिरमा कालोबजारीः ५ हजार २ सय पर्ने एक भाइलको ४० हजारसम्म असुली

नेपालखबर
बैशाख २०, २०७८ सोमबार २:५४,

कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी भएको पाइएको छ।

बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कहीँ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउँछन्। ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा ‘कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने’ प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमबार बेलुकीसम्म दुई निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदै छ, आउनेक्रम जारी रहन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .