ad ad

छापा खबर


जसपामा विवाद : दुबै पक्षले एकअर्कालाई स्पष्टीकण नदिने

जसपामा विवाद : दुबै पक्षले एकअर्कालाई स्पष्टीकण नदिने

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १:१७,

जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन्।

सरकारमा सहभागी हुने विषयमा विवाद चर्किंदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग ‘पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको? भनेर स्पष्टीकरण सोधेका छन्। जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्।

पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही पूरा गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उनीहरू छन् । पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको? ‘प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको ? लगायत आरोप ठाकुर समूहले लगाउँदै यादवसँग स्पष्टीकरण सोधेको छ।

तर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष यादव समूह देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्। ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले सहकार्य नहुने निष्कर्ष यादव समूहको छ।

सो समूहले पार्टी निर्णय र नीतिविपरीत ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप लगाउँदै ठाकुरसँग स्पष्टीकरण सोधेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .