ad ad

छापा खबर


कोरोना संक्रमण भैहाल्यो भने तपाईं के गर्नुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ

कोरोना संक्रमण भैहाल्यो भने तपाईं के गर्नुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ

नेपालखबर
जेठ १७, २०७८ सोमबार १:१२,

विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन्।

पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्याली अस्पतालमा १५ वर्षदेखि श्वासप्रश्वास विशेषज्ञका रूपमा कार्यरत डा.सुधिर लोहनी नेपाली चिकित्सकहरूको प्रतिनिधि हुन्। उनी भन्छन्, ‘पहिलो त जहाँसुकै पनि सङ्क्रमण हुनै नदिने वातावरण बनाउनुपर्छ । सङ्क्रमित भइहालियो भने डराउनु भएन । हल्का लक्षण देखिएकाहरू अस्पताल जानै पर्दैन । सन्तुलित आहार, प्रशस्त झोलिलो कुरा र शरीरलाई चलायमान राख्न सकियो भने कोरोना निश्चित अवधिपछि आफैँ हराएर जान्छ । सन्चो छैन भनेर सुतेर बस्यो भने झन् गलाउँछ । त्यसैले श्वासप्रश्वाससम्बन्धी अभ्याससँगै कोठाभित्रै, भ–याङ वा बगैँचामा हिँड्डुल र कसरत अनिवार्य गर्नुपर्छ।’

उनका अनुसार शरीर चलायमान नहुँदा शरीर कमजोर भएर जटिलता आउने सम्भावना रहन्छ । सक्रिय नहुँदा निमोनिया हुने, रगत जम्नेजस्ता समस्या हुन सक्छन् । सामान्य लक्षण भएकाले खासै औषधि लिनुपर्दैन तर खोकी छ भने मह उपयोगी हुन सक्छ।

कुनै पनि भाइरसको एउटा निश्चित समय हुन्छ, त्यसपछि उसको सक्रियता रहँदैन। यो रुघाखोकी जस्तै हुन्छ। तर, कहिलेकाहीँ सङ्क्रमणको तह बढी हुँदा शरीरलाई कमजोर बनाउने, मांशपेसी, छाती दुख्ने, बेहोस हुने, ज्वरो नियन्त्रण नहुने र श्वास फेर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार अगाडि बढनुपर्ने चिकित्सको सुझाव छ।

डा.लोहनी भन्छन्, ‘तथ्यले ८० प्रतिशत मानिसलाई हल्का लक्षण देखाएको र ४० प्रतिशतले थाहा नपाएको स्थिति छ । त्यसैले आत्तिनुहुँदैन।’

कोरोना लागिसकेका २५÷३० प्रतिशत बिरामीलाई दीर्घकालीन असर देखिएको छ । विशेषगरी फोक्सोमा असर हुनाले श्वासप्रश्वासमा समस्या आउनुका साथै शरीर कमजोर हुने, थाक्ने, नसासम्बन्धी समस्या हुने र छाती दुख्ने समस्या पछिसम्म रहेको पाइएको छ । त्यसैले कोरोना पुनस्र्थापना केन्द्र बनाउन जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .