फोटोफिचर


चितवन २ मा मतगणना थालिँदै, बाहिर कार्यकर्ताको भिड (तस्बिरहरू)


सुनिता विष्ट
बैशाख ११, २०८० सोमबार १३:४१, चितवन

चितवन क्षेत्र नम्बर २ को मतगणना केही बेरबाट सुरु हुँदैछ। दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भए पनि आधा घण्टा ढिलो भएको छ।

जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको थियो।

तर प्राविधिक विषय मिलाउँदा केही ढिला हुन गएको हो। गणना हुने भएसँगै सयौँ समर्थक, शुभेच्छुक र दलका कार्यकर्ताको मतगणनास्थलमा भीड लागेको छ।

यसअघि नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .