नेपाल क्रिकेट संघ (क्यान) को सचिव र सदस्य पदको मतदान सुरु भएको छ। शनिबार काठमाडौंस्थित बानेश्वरमा जारी क्यानको अधिवेशनमा सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको हो।
जारी क्यानको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
अहिले सचिव र सदस्य पदका लागि मात्र निर्वाचन भएको हो।
सचिवमा पूर्वकप्तान पारस खड्का र केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन्।
क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका हुन्।
अब एक सचिव र १० सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुनेछ। जम्मा ३१ जनाले उम्मेदवारी दिएका थिए।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भइसकेका छन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया