ad ad

फोटोफिचर


बानेश्वरमा भासिएको सडकबाट निकालियो बस (तस्बिरहरू)


सरोज बैजु
माघ १२, २०८० शुक्रबार १४:१४, काठमाडौँ

काठमाडौँको नयाँबानेश्वर चोकस्थित भासिएको सडकबाट एउटा यात्रु बसलाई निकालिएको छ।

रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका बेला बानेश्वरमा सडक भासिएको थियो।

उक्त भासिएको सडकबाट बसलाई क्रेनले तानेर निकालिएको हो। बसलाई निकालेपछि अहिले भासिएको सडक मर्मतमा डोजर प्रयोग गरिएको छ।

सर्भिस लेनतर्फको सडकमा बसका चक्का भासिएका थिए। सडक भासिएर गाडी कोल्टो फर्नासाथ यात्रुहरू आत्तिएर निस्किएका थिए। अहिले भासिएको सडक मर्मत भइरहेको छ।

यसअघि २०७८ कात्तिकमा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पतालअगाडि सडक भासिएर ठूलो खाल्डो परेको थियो।

माइतीघर–तीनकुने सडक ६ वर्षअघि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा संयुक्त निर्माण कम्पनीमार्फत ५० करोडको लागतमा बनाएको थियो।

देशकै फराकिलो र सुन्दर सडक भनेर चर्चा पाएको उक्त सडकमा बनेको एक वर्षमै खाल्डाखुल्डी पर्न थालेको थियो। अहिले पनि सडकमा खाल्डा पर्ने क्रम रोकिएको छैन। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .