ad ad

फोटोफिचर


मुस्कुराउँदै संसद्‍मा फर्किए ‘माननीय’हरू (तस्बिरहरू)


सरोज नेपाल
माघ २२, २०८० सोमबार १९:२२, काठमाडौँ

लामो विश्रामपछि संघीय संसद्मा चहलपहल सुरु भएको छ।

आगामी बजेट तयारीसमेत गर्ने गरी हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको हो।

अधिवेशन सुरु भएसँगै दलहरूले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए।

सोमबार अपराह्न संसद् सुरु हुनुअघि देशका विभिन्न जिल्लामा रहेका सांसदहरूसमेत काठमाडौँ आइपुगेका थिए।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो अभियानलाई चितवनमा विश्राम गरेर काठमाडौं आइपुगे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पन अर्घाखाँचीमा पार्टी कार्यक्रम सकेर काठमाडौँ आए।

नेपाली कांग्रेस, नेकपा एमालेसहितको संसदीय दलले सबै सांसदहरूलाई संसद्‍मा उपस्थित भएर प्रभवकारी रुपमा प्रस्तुत हुन भनेका छन्।

लामो ग्यापपछि संसद् सुरु भएपछि सांसदहरू चिटिक्क सजिएर मुस्कुराउँदै नयाँबानेश्वरमा आइपुगे। 

हेर्नुस् तस्बिरहरू 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .