ad ad

फोटोफिचर


राजाको शैलीमा दुर्गा प्रसाईको ‘इन्ट्री’ (तस्बिरहरू)


सरोज बैजु
फागुन १, २०८० मंगलबार १५:४, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौँको भृकृटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दैछ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालको नाममा प्रसाईं भृकुटीमण्डमा केही हजार समर्थक उतारेका छन्। 

गत मंसिरमा भएको सरकारविरोधी कार्यक्रममा प्रसाईलाई बल्खुबाट छिर्न दिइएको थिए। तर सरकारले यस पटक भृकुटीमण्डपमा कार्यक्रम गर्न दिएको हो।

प्रसाईंले खुलामञ्चमा अनुमति मागे पनि सरकारले उनलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न दिएको हो। 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको वार्षिकोत्सव कार्यक्रममा सहभागिता जनाउनेहरूको र्‍याली नै सातवटा रुटबाट निकालिएको थियो।

यो अभियानका संयोजक प्रसाई‌ विशेष तामझामसहित भृकुटीमण्डप पुगेका छन्। कार्यकर्ता र समर्थहरू राष्ट्रिय झन्डासहित कार्यक्रमस्थल पुग्दा दुर्गा भने विलाशी कारमा सवार देखिए।

समर्थकहरूलाई कारको हुटभन्दामाथि उठेर उनले अभिवादन र नमस्कार गरिरहेका देखिए।

सेतो कारमा सवार दुर्गा प्रसाईको भृकुटीमण्डपमा भएको इन्ट्री राजा महाराजाको भन्दा कम देखिएको थिएन।

कारको दायाँ बायाँ युवाहरूले मानव सांग्लो बनाएर उनको सुरक्षा दिएका थिए। मानव सांग्लो बनाएका युवाहरूले उनलाई विशेष सुरक्षासहित भृकुटीमण्डपमा पुर्‍याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .