ad ad

फोटोफिचर


काठमाडौँको भृकृटीमण्डपमा प्रसाईंका ९ ‘पोज’ (तस्बिरहरू)


सरोज बैजु
फागुन १, २०८० मंगलबार १७:३६, काठमाडौँ

दुर्गा प्रसाईं नेतृत्वको समूहले मंगलबार काठमाडौँको भृकृटीमण्डपमा विशेष कार्यक्रम गरेको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालको वार्षिकोत्वसका नाममा प्रसाईंले भृकुटीमण्डमा समर्थकलाई उतारेका थिए।

प्रसाईंले कार्यक्रमअघि निकालेको जुलुसमा तराई-मधेससहित देशका विभिन्न जिल्लाबाट ल्याइएका महिलासहितलाई उतारिएको थियो। 

समर्थकहरू सबै जुलुससित भृकुटीमण्डपमा आउँदा दुर्गा आफैँ भने विलाशी गाडीमा सवार भएर आएका थिए।

विशेष सुरक्षा दस्ताले घेरेर भृकुटीमण्ड ल्याइपुर्‍याइएका उनी दुबोको मालाले सजिएका थिए।

भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहलई अभिनन्दन गर्ने प्रसाईंको योजना भने सफल हुन सकेन। शाहलाई निम्तो दिइए पनि प्रसाईंलाई उनले बेवास्ता गरे।

यस्तोमा प्रसाईं आफैंले भृकुटीमण्डपमा भाषण दिए। उनले मिटरब्याजीदेखि, बैंकहरूको ऋणसहित मिनाहाबारे भाषण दिए। 

विभिन्न पोजमा प्रस्तुत भएका उनका नौ तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .