ad ad

फोटोफिचर


गमलामा पानी हालेर देउवाले उद्घाटन गरे महासमिति (तस्बिरहरू)


सरोज बैजु
फागुन ७, २०८० सोमबार १५:२६, काठमाडौँ

नेपाली कांग्रेसको  महासमिति बैठक सोमबार दिउँसो ललितपुरको गोदावरीमा सुरु भएको छ।

कांग्रेसको भावी रणनीति तय गर्न अहम् मानिएको यो बैठकको सभापति शेरबहादुर देउवा सनराइज हलमा उद्घाटन गरेका हुन्।

देउवाले सुरुमा गमलामा रोपिएको सानो रुखमा पानी हालेर महासमिति बैठकको उद्घाटन गरे। त्यसपछि उनले पानसमा बत्ती बाले।

देउवाले कांग्रेसका संस्थापक नेताहरूको तस्बिरमा माल्यार्पण गरेसँगै महासमिति बैठक सुरु भएको छ।

महासमितिको उद्घाटनका क्रममा राजनीतिक मन्तव्यसँगै सांस्कृति कार्यक्रमहरू पनि राखिएको छ। 

यो हलमा यसअघि नेकपा एमालेले पनि विधान महाधिवेशन गरिसकेको छ। 

दिउँसो १ बजे सुरु हुने भनिएको महासमिति बैठक नेताहरू ढिलो पुग्दा २ घण्टा पछि सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .